नेपालगञ्ज उपमहानगरले गर्यो नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण
deshsanchar.com · Mon Jan 08 16:15:24 GMT 2024
नेपालगञ्ज – नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो। नेपाल भारत प्रवेशद्वार रंगरोगन, सरसफाई र रंगिन गमलामा विरुवा रोपिएको छ।
आज एक समारोहका बीच नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्री र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले संयुक्तरूपमा नेपाल भारत प्रवेशद्वारमा राष्ट्रिय झण्डा झण्डोत्तलन गरे। देशमै पहिलोपटक नेपालगञ्ज नाकाबाट सीमा क्षेत्र सौन्दर्यकरण कार्यक्रम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार शाहीले बताए।
Read full story at source (deshsanchar.com)