मोहन डाँगी इप्पानको अध्यक्षमा चयन, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अन्त्य
ictsamachar.com

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले मोहन डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट कोषाध्यक्ष पदबाहेक अधिकांश पदाधिकारी र सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका हुन् ।
नवनिर्वाचित कार्यसमितिमा उत्तम ब्लोन लामा वरिष्ठ उपाध्यक्ष बनेका छन् । यस्तै, उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक उपाध्यक्षमा निर्वाचित भएका छन् ।
Read full story at source (ictsamachar.com)