जोखिममा परेका बालबालिकालाई सहयोग
barnanmedia.com · Sat Jul 04 23:47:25 GMT 2026

कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले जोखिममा परेका बालबालिकालाई बाल हित कोषमार्फत खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको हो ।
नगरपालिकाको बाल हित कोषमार्फत विपन्न, असहाय तथा विभिन्न कारणले जोखिममा परेका बालबालिकालाई राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाभित्रका जोखिममा परेका ११५ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले बालबालिकाको संरक्षण, शिक्षा र समग्र विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । नागरिकको दुःख र अप्ठ्यारोमा स्थानीय सरकार सधैँ साथमा रहनेछ । आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।
Read full story at source (barnanmedia.com)