‘नवल खड्का’ पुस्तक बजारमा
barnanmedia.com · Sat Jul 04 23:54:56 GMT 2026

खोटेहाङ गाउँपालिका–८ सिम्पानीका निवासी नायक तथा निर्देशक नवल खड्काले लेख्नुभएको पुस्तक ‘नवल खड्का’ बजारमा आएको छ । नेपाली कथानक चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काको जीवनीमा आधारित पुस्तक ‘नवल खड्का’ पाइन प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।
नेपाली चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काले आफ्नो जीवनमा आफूले भोगेको सुखदुःखका सङ्गालोलाई पुस्तकमा समेट्नुभएको छ । २०७ पृष्ठ लामो यो पुस्तक लेखक खड्का, राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंह, सहसंयोजक अजय सोडारी, सचिव प्रकाश बम र कान्तिपुर संवाददाता मनोज बडूले यही असार १९ गते दार्चुलाको तिङ्करमा पुगेर संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।
Read full story at source (barnanmedia.com)