वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
gorkhapatraonline.com · Sat Sep 05 13:49:59 GMT 2026

वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन परिवार विस्थापित भएका छन् । गएरातिदेखि परेको अविरल वर्षासँगै वीरेखोलामा ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका हुन् ।
अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोलामा ठूलो बाढी आएको स्थानीय लालसिंह साउदले बताउनुभयो । “गएराति करिब ८ः०० बजे अविरल वर्षापछि वीरेखोलामा एक्कासी ठूलो बाढी आयो । त्यसपछि घरबाहिर निस्क्यौँ, अहिलेसम्म न खाना छ, न त बास”, उहाँले भन्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)