सिमकोटमा विद्युत् आपूर्ति बन्द
ratopati.com · Sat Sep 05 13:56:55 GMT 2026

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रअन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ १६ गतेदेखि विद्युत् आपूर्ति बन्द भएको हो ।
वितरण केन्द्रका सूचना अधिकारी कृष्णप्रसाद वलीका अनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को कन्ट्रोलमा समस्या देखिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । उनले हुम्लामा उपलब्ध प्राविधिक जनशक्तिबाट तत्काल समस्या समाधान गर्न नसकिने भएकाले आवश्यक सामग्री र थप प्राविधिक जनशक्ति आएपछि मात्र मर्मत सम्भव हुने बताए ।
Read full story at source (ratopati.com)