खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी
gorkhapatraonline.com · Sat Sep 05 14:07:22 GMT 2026

सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवम् प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु भएको छ । गौरा पर्व मनाउन काठमाडौँ उपत्यकामा रहेका सुदूरपश्चिमेली, कर्णालीवासी तथा अन्य सर्वसाधारणको खुलामञ्चमा उल्लेख्य सहभागिता देखिएको छ ।
गौराको उल्लाससँगै खुलामञ्चमा परम्परागत पहिरनमा सजिएका युवायुवती तथा वृद्धवृद्धा हात समातेर गोलाकार घेरा बनाइ देउडा खेलिरहेका छन् । देउडा गीत र नृत्यमा सहभागीहरू रमाइरहेका छन् भने उनीहरूको प्रस्तुति हेर्न खुलामञ्चमा सर्वसाधारणको बाक्लो भीड लागेको छ । यही शुक्रबारदेखि सुरु देउडा भएको यो पर्व यहाँ आइतबारसम्म चल्नेछ ।
Read full story at source (gorkhapatraonline.com)