शंकर पोखरेलको आत्मसमीक्षा– एमालेबाट सबै टाढिए
barnanmedia.com · Sun Jul 05 00:49:34 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्रको अन्तरसंघर्ष, विभाजनबाट उत्पन्न निराशाका कारण मुलुकमा ‘पपुलिजम’को उदय भएको टिप्पणी गरेका छन् । शनिबार (असार २०) ललितपुरमा आयोजित ‘एमाले पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले एमालेबाट नयाँ मात्र नभई पुरानो पुस्ता समेत टाढिँदै गएको स्वीकार गरे । महिलाको मानवीय संवेदनशीलतालाई उद्वेलित बनाइएका कारण पार्टीलाई सधैँ साथ दिने ‘दिदीबहिनी तथा आमाहरू समेत टाढिएका’ उनले उल्लेख गरे ।
Read full story at source (barnanmedia.com)