‘बाढी पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिननेप्रति सरकार निर्मम हुन्छ, कारबाही गर्छौँ’
khabarhub.com · Sat Sep 05 14:28:20 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको भन्दै पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरूप्रति सरकार निर्मम हुने चेतावनी दिएका छन्। प्रधानमन्त्री शाहले शनिबार राति फेसबुकमार्फत लामो वक्तव्य जारी गर्दै एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यमसमेत भएको बताएका हुन्। उनले पीडितहरूको आक्रोशलाई सरकारले संयमतापूर्वक सुन्नुपर्ने उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ।’
Read full story at source (khabarhub.com)