अन्नपूर्णकर्मी भवानी खड्का सम्मानित
annapurnapost.com · Sat Sep 05 14:24:33 GMT 2026

काठमाडौं : अन्नपूर्ण पोस्ट्की दोलखा संवाददाता भवानी खड्का सम्मानित भएकी छन्। विभिन्न विषम परिस्थिति, जीवनका कठिन चुनौती र संघर्षका बाबजुद दोलखा जिल्लाका सत्य, तथ्य, सुशासन र सामाजिक न्यायका पक्षमा निरन्तर कलम चलाएको भन्दै अन्नपूर्ण पोस्ट्की दोलखा संवाददाता भवानी खड्का सम्मानित भएकी हुन्।
नेपाल प्रेस युनियन दोलखाको १० औँ जिल्ला अधिवेशनको अवसरमा खड्कालाई ‘भीमबहादुर तामाङ स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मान गरिएको हो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि अजयबाबु शिवाकोटीले खड्कालाई कदरपत्रसहित सम्मान प्रदान गरेका थिए।
Read full story at source (annapurnapost.com)