भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान
khabarhub.com · Sat Sep 05 14:31:40 GMT 2026

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली जलविद्युत् परियोजनाबाट हराइरहेका ४७ जना कर्मचारीको पहिचानका लागि डीएनएको नमूना उपलब्ध गराउन आह्वान गरेको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले प्राधिकरणका विभिन्न संरचनामा क्षति पुर्याएको र त्यहाँ कार्यरत कर्मचारीहरूसँग सम्पर्क विच्छेद भएको प्राधिकरणले जनाएको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले नेपाली सेना र सम्बन्धित क्षेत्रका अन्य निकायहरूको समन्वय तथा सहयोगमा खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ छ। अथक प्रयासपछि माथिल्लो त्रिशूली ३-ए जलविद्युत केन्द्रको सुरुङ संरचनाबाट दुई जना कर्मचारीको सफल उद्धार भएको छ भने एक जनाको शव प्राप्त भएको छ ।
Read full story at source (khabarhub.com)