तीन दिनदेखि बेपत्ता बालक मृत भेटिए, हत्या आशंकामा अनुसन्धान सुरु
nagariknews.nagariknetwork.com · Fri Jun 26 14:00:36 GMT 2026

धनगढीमा १० वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा बालकको हत्या भएको आशंका गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरी बुधबार साँझदेखि सम्पर्कविहीन भएका थिए। परिवार र स्थानीयले खोजी गरिरहेकै अवस्थामा शुक्रबार उनलाई नजिकैको जंगल क्षेत्रमा मृत अवस्थामा भेटिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)