सय दिन नपुग्दै उद्योग मन्त्रालयले पूरा गर्यो ३२ बुँदे कार्यसम्पादन
nagariknews.nagariknetwork.com · Fri Jun 26 14:13:26 GMT 2026

सरकारको एक सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समयअगावै सम्पन्न गरिएको दाबी गरिएको छ। उद्योगमन्त्री गौरिकुमारी यादवले आफ्नो मन्त्रालयअन्तर्गतका ३२ वटा कार्य सफलतापूर्वक सम्पन्न गरी त्यसको विस्तृत प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मन्त्री यादवले सम्पन्न गरिएका कामहरूको विवरण समेटिएको फाइल प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरिन्। सरकारले सार्वजनिक गरेको एक सय दिने कार्ययोजनाअनुसार अझै एक सातापछि मात्र एक सय दिन पूरा हुने भए पनि उद्योग मन्त्रालयले निर्धारित समयअघि नै आफ्नो जिम्मेवारी पूरा गरेको जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)