राज्यले फसाएको भन्दै थुनामा रहेका टोपबहादुर र बालकृष्ण पुगे उच्च अदालत
hamrakura.com · Tue Aug 01 00:00:00 GMT 2023
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँडले आफूहरुलाई अन्याय भएको भन्दै जिल्ला अदालत काठमाडौँको आदेश उल्टाउन माग गरेका छन् ।
उनीहरुले आफूहरुलाई साधारण तारेखमा राख्न र जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् । आफूहरुलाई राज्य सत्ताले नै फसाएको उनीहरुको आरोप छ ।
Read full story at source (hamrakura.com)