बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्याली
barnanmedia.com · Sat Sep 05 14:37:07 GMT 2026

खाना पकाउने ग्यास, विद्युत र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकार विरुद्ध विरोध र्याली निकालेका छन् । प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सडक प्रदर्शन सरकार विरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ ।
विपक्षी समर्थक ब्यानर र प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए । उनीहरूले बन्दरगाह सहर चट्टोग्रामतर्फ पदयात्रा सुरु गरेका छन् । पदयात्राका क्रममा विभिन्न स्थानमा थप र्याली आयोजना गरिने जनाइएको छ ।
Read full story at source (barnanmedia.com)