विपद्मा संवेदना गुमाउँदै नेपाली समाज
annapurnapost.com · Fri Aug 28 03:47:41 GMT 2026

काठमाडौं : बुधबार आएको भीषण बाढीले ठूलो जनधनको क्षति पु¥याइरहेका बेला प्रभावित क्षेत्रमा बाढीले बगाएर ल्याएको शवबाटै गहना लुट्ने र शवकै छेउमा ग्यास सिलिन्डरका लागि तँछाडमछाड गर्नेसम्मका अमानवीय घटना सार्वजनिक भएका छन् ।
प्राकृतिक विपद्को घाउले सिंगो देश पोलिरहेका बेला उद्धार र राहतमा जुट्नुको साटो यही विषम परिस्थिति र संकटलाई ‘अवसर’ बनाएर कालोबजारी, लुटपाट, चोरी र मिथ्या सूचना फैलाउन सक्रिय यस्ता प्रवृत्तिले नेपाली समाजको संवेदनशीलता र मानवीय पक्षमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ । चितवनस्थित नारायणी नदीको शिवघाटमा बाढीले बगाएर ल्याएको एक महिलाको शवको घाँटीबाट सुनको गहना लुट्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।
Read full story at source (annapurnapost.com)