नेपाल-बेलायत आर्थिक साझेदारी फोरम २०२६ सम्पन्न, दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
nagariknews.nagariknetwork.com · Sun Jul 05 01:25:24 GMT 2026

लन्डनस्थित नेपाली दूतावासले “व्यापार, लगानी, प्रविधि र आउटसोर्सिङमार्फत नेपाल–बेलायत आर्थिक साझेदारीको प्रवर्द्धन' भन्ने मूल नारासहित नेपाल–बेलायत आर्थिक साझेदारी फोरम २०२६ शुक्रबार दूतावास परिसरमा भव्य रूपमा आयोजना गरेको छ।
सम्मेलनमा दुईवटा छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। पहिलो सम्झौता बेलायतको वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ बीच तथा दोस्रो सम्झौता वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच सम्पन्न भयो। वेस्ट लन्डन चेम्बर अफ कमर्सका तर्फबाट सीईओ एलेन राइड्स र डेपुटी चेयर डा. रेनु राजले हस्ताक्षर गरेका थिए भने नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे र नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष डा. रोशन राठीले काठमाडौंबाट भर्चुअल माध्यमबाट हस्ताक्षर गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)