नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्ने एनआरएनएको योजना छ : रोविन शेरचन
ratopati.com · Sat Sep 05 15:04:27 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको सामूहिक लगानी फण्डमार्फत नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी विस्तार गर्ने जनाएको छ। संघका वरिष्ठ उपाध्यक्ष तथा ‘ट्रेड एण्ड इन्भेस्टमेन्ट’ विभागका प्रमुख रोविन शेरचनले जलविद्युत्, कृषि, स्वास्थ्य, सूचना प्रविधि, डेटा सेन्टर तथा ‘क्लिन हाइड्रोजन’ ऊर्जालाई प्राथमिकतामा राखेर लगानीका क्षेत्र पहिचान भइरहेको बताएका छन्।
शेरचनका अनुसार पछिल्लो समय अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण थप सहज बनाएको छ। संसारभर रहेका नेपालीलाई आफ्नो क्षमताअनुसार नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने वातावरण बनेको उनले बताए।
Read full story at source (ratopati.com)