सुर्खेत, दैलेख र अछाममा बाढीको ‘अलर्ट’, सतर्कता अपनाउन महाशाखाको आग्रह
nepalviews.com · Sun Jul 05 01:40:00 GMT 2026

काठमाडौं । लगातारको वर्षाका कारण सुर्खेत, दैलेख र अछामका खोलानालामा पानीको बहाव बढ्ने जोखिम देखिएपछि बाढी पूर्वानुमान महाशाखाले ‘अलर्ट’ जारी गरेको छ। महाशाखाले आइतबार बिहान ५:३० बजे एक विशेष सूचना जारी गर्दै यी जिल्लाका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सुर्खेत, दैलेख र अछाम जिल्लाका विभिन्न वर्षा मापन केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ। यस क्षेत्रमा वर्षा अझै जारी रहने र थप वर्षा हुने सम्भावना रहेकाले त्यहाँबाट बहने साना नदी तथा खोलाहरूमा आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने जोखिम रहेको छ। सोही जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्र तथा आसपासका बासिन्दालाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाइराख्न सुझाव दिइएको छ।
Read full story at source (nepalviews.com)