बहसमा नेपाली सेना : संख्या घटाउने कि यथावत् राख्ने ?
farakdhar.com · Thu Jul 13 17:17:32 GMT 2023
नेपालमा नेपाली सेनाको संख्या घटाउने विषय बेला–बेलामा आउने गर्दछ । भारत र चीन दुई ठूला राष्ट्रको बीचमा रहेको नेपालमा सेनाको संख्या जति धेरै बनाए पनि ती देशबाट साँच्चै खतरा उत्पन्न भएमा उनीहरुसँग मुकाविला गर्न नसकिने भएकाले सेनाको संख्या कटौती गर्नुपर्ने भन्दै बहस हुने गरेको हो ।
२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएकै समारोहमा तत्कालीन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि सेनाको संख्या बोझ मात्रै भएको भन्दै यसमा भारी कटौती गर्नुपर्ने राय पेस गरेका थिए । बरु, जनतालाई नै सैनिक तालिम दिएर अघि बढ्दा देशका लागि फाइदा हुने औँल्याएका थिए ।
Read full story at source (farakdhar.com)