ट्राफिक कारबाहीमा आइतबार मात्रै पाँच लाख २८ हजार राजस्व संकलन
nepalnews.com · Sun Jul 05 01:49:23 GMT 2026

काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५, संकेत बत्ती उल्लंघनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो।
Read full story at source (nepalnews.com)