ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
nepalpress.com · Sun Jul 05 02:01:23 GMT 2026

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ८ सय १३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा पाँच लाख २८ हजार ५ सय १ रुपैयाँ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ५, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय १९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १ सय १५ जनालाई कारबाही गरिएको हो ।
Read full story at source (nepalpress.com)