भोटेकोशी बाढी : तातोपानीबाट २८२ नेपाली स्वदेश फर्किए, उद्धारमा अन्तर्राष्ट्रिय टोली सक्रिय
ratopati.com · Sat Sep 05 15:25:43 GMT 2026

काठमाडौँ । भदौ १० गते नेपाल र चीनका सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी हिमबाढीका कारण दुवैतर्फका नागरिक प्रभावित भएका छन् । चीनतर्फ प्रभावित भएकामध्ये १५५ जना नेपाली नागरिक तातोपानी नाका हुँदै स्वदेश फर्किसकेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बाढीबाट प्रभावित भई स्वदेश फर्कन चाहने नेपालीहरूको सुरक्षित प्रत्यागमनका लागि चीनस्थित नेपाली नियोगहरूले चिनियाँ अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको मन्त्रालयले बताएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार शुक्रबार १५५ जना नेपाली फर्किएका छन् भने आज सोही नाका हुँदै थप १२७ जना नेपाली नागरिक स्वदेश फर्किने क्रममा छन् ।
Read full story at source (ratopati.com)