सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन दियो
lokaantar.com

जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको छ। स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको उक्त ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणमा प्रयोग गर्न सकिनेछ।
Read full story at source (lokaantar.com)