सञ्चार मन्त्रालयका सय दिन : नियमित काम भइरहेको छ, नयाँ काम भएन
kendrabindu.com · Sun Jul 05 02:22:04 GMT 2026

काठमाडौं । रास्वपा सरकारले निर्वाचनदेखि नै सूचना प्रविधि र सञ्चार क्षेत्रलाई विशेष प्राथमिकता दिने घोषणा गर्दै आए पनि सरकार गठन भएपछि सञ्चार मन्त्रालयकै महत्त्वपूर्ण हिस्सा ‘प्रविधि’लाई अर्को मन्त्रालयमा सार्ने निर्णय गर्यो। यसले गर्दा पूर्वपत्रकारसमेत रहेका सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको पहिलो सय दिन नयाँ कार्यक्रम ल्याउनुपर्ने दबाबसँगै पोर्टफोलियो व्यवस्थापन, नीतिगत अन्योल र केही प्रयासमा बित्यो।
रास्वपा सरकार गठन भएदेखि नै साबिकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको स्वरूप, कार्यक्षेत्र र भूमिका निरन्तर परिमार्जन गरिएको छ। १३ चैतमा प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीहरू चयन गर्दा सञ्चारमा विक्रम तिमिल्सिनाको नाम आएपछि उनलाई पूर्वसञ्चारकर्मी र सञ्चार अध्यापकका रूपमा चिन्नेहरूले रुचिपूर्वक हेरेका थिए। उनलाई स्वतः सरकारका प्रवक्ताका रूपमा पनि चित्रण गरिएको थियो। तर सञ्चारमन्त्री सरकारको प्रवक्ता हुने परम्परा तोड्दै प्रधानमन्त्री शाहले शिक्षामन्त्री सस्मित पोखरेललाई यो जिम्मेवारी दिए।
Read full story at source (kendrabindu.com)