विराटनगरमा भव्य भयो राधाकृष्ण रथयात्रा, भेटीबापतको रकम बाढीपीडितलाई
annapurnapost.com · Sat Sep 05 15:43:14 GMT 2026

विराटनगर : विराटनगरमा ऐतिहासिक ५९औँ राधाकृष्ण रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने परम्पराअनुसार शनिबार विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा नगरका विभिन्न क्षेत्रको परिक्रमापछि पुनः मन्दिरमै पुगेर सम्पन्न भएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिवत् पूजाआजा गरी रथयात्राको उद्घाटन गरेपछि राधाकृष्णको युगल जोडी सवार रथ तान्न सुरु गरिएको थियो। रथयात्रामा विराटनगरसहित मोरङका विभिन्न स्थान, नेपालका अन्य जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रबाट समेत आएका हजारौँ भक्तजन सहभागी भएका थिए। रथयात्राका क्रममा विराटनगरका मुख्य सडक तथा चोकहरूमा भक्तजनको बाक्लो भिड लागेको थियो। राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ अघि बढेको थियो। त्यसपछि बरगाछी र दुर्गा चोक हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुगेर सम्पन्न भएको हो । रथले करिब ८ किलोमिटर दूरी तय गरेको आयोजकले जनाएको छ।
Read full story at source (annapurnapost.com)