डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
ratopati.com · Sun Jul 05 02:30:01 GMT 2026

काठमाडौँ । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलो सहितको बाढीमा पुरिँदा एक महिलाको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् ।
आइतबार बिहान करिब ०३ः०० बजे आएको बाढी घरहरूमा पस्दा स्थानीय अन्दाजी ५५र५६ वर्षीया आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन् । प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा मृत्यु भएको हो ।
Read full story at source (ratopati.com)