रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली
lokaantar.com

भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धार आज पनि जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विज्ञसहितको टोलीले रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली–१ आयोजनामा खोजी गरिरहेको छ ।
रसुवागढी जलविद्युत् आयोजनाको संयुक्त उद्धार टोली विद्युत् गृहको छैठौँ तलासम्म पुगेको छ । पाँचौँ तलासम्म लेदो भरिएकाले लेदो पन्छाउँदै खोजी जारी राखिएको सेनाले जनाएको छ ।
Read full story at source (lokaantar.com)