भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
khabarhub.com · Sat Sep 05 16:18:04 GMT 2026

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको बाढीबाट सो क्षेत्रमा साढे सात हजार घरधुरी प्रभावित भएका देखिएको छ । द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कनअन्तर्गत गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार करिब सात हजार ५७० घरधुरी प्रभावित भई करिब ३२ हजार ९३३ जना प्रभावित भएका सरकारले जनाएको छ ।
यसैगरी, ४८ सरकारी कार्यालय प्रभावित भएका, ५५ किलोमिटर सडक, ३७ वटा मोटर चल्ने पुल तथा ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको परराष्ट्र मन्त्रालयले आज भोटेकोशीसम्बन्धी अद्यावधिक गरेको विवरणमा उल्लेख छ ।
Read full story at source (khabarhub.com)