राज्यकोष दबाब परेको अवस्थामा अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय गलत : गगन थापा
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गरेका छन् । आज आफ्नो सामाजिक सञ्जालमार्फत गगनले सरकारको सो निर्णयको विरोध गरेका हुन् । राज्यकोषमा स्रोतको व्यापक दबाब परेका बेला लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत भएको भन्दै निर्णय रोक्नुपर्ने उनले माग गरेका छन् । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेकाले रकम बाँड्ने भन्दा पनि कानून बनाएर टुंग्याउनुपर्ने धारणा राखेका छन् ।
बिहीबार मात्रै नेपाली कांग्रेस नेता शेखर कोइरालाले पनि अहिलेको अवस्थामा पूर्वलडाकुको नाममा पैसा बाँड्ने काम गलत भएको बताएका थिए ।
Read full story at source (nepalipaisa.com)