एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता, नवप्रवर्तनलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता
kendrabindu.com · Sun Jul 05 03:29:08 GMT 2026

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। साधारण सभाले अनुभव श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष अनुभव श्रेष्ठले विश्वास, सहकार्य, निरन्तर सिकाइ र साझा उद्देश्यमा आधारित सशक्त तथा एकताबद्ध एनवाईईएफ काठमाडौं निर्माण गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे । उनले एनवाईईएफलाई केवल व्यवसायिक सञ्जालमा सीमित नराखी युवा उद्यमीहरूले मार्गदर्शन, सहकार्य, अवसर तथा अपनत्व महसुस गर्ने साझा मञ्चका रूपमा अझ सशक्त बनाउने लक्ष्य रहेको बताए ।
Read full story at source (kendrabindu.com)