जहाँ लाखाैं कमाउनेलाई पनि गरिब भनिन्छ !
farakdhar.com · Sun Jun 19 18:06:02 GMT 2022
केही हजारकाे जागिर खाने साथीहरुलाई पनि नेपालमा भनिन्छ- तेराे त ह्यान्डसम स्यालरी छ यार, के गर्छस् यतिका पैसाले । झन्, महिनामा नै ६ डिजिटमा तलब खानेहरुलाई नेपालमा निकै धेरै पैसा कमाएकाे संज्ञा दिइएकाे हुन्छ । लाख रुपैयाँ तलब खानेलाई साथीभाइकाे सर्कल, समाज तथा परिवारमा पनि सफल मानिन्छ । तर, आश्चर्य के भने एउटा यस्ताे सहर पनि छ जहाँ लाखाैं कमाउनेलाई पनि गरिब भनिन्छ । याे सहर हाे- अमेरिकाकाे सान फ्रान्सिस्काे ।
याे कुनै फिक्सनल कथा भने हाेइन । अमेरिकाकाे अावासीय तथा शहरी विकास विभागले केही अघि सार्वजनिक गरेकाे रिपाेर्ट हाे । त्याे रिपाेर्टका अनुसार सान फ्रान्सिस्काे, सान माटियाे तथा त्यसकाे वरपर बस्ने चार सदस्यीय परिवारले १ कराेड २८ लाख रुपैयाँ कमायाे भने त्याे परिवारलाई कम कमाइ भएकाे परिवार भनिन्छ ।
Read full story at source (farakdhar.com)