सडक निर्माणका लागि खनेकाे खाडलमा माेटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
farakdhar.com · Tue Jul 27 01:49:00 GMT 2021
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीमा रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा टरिगाउँ निवासी ३८ वर्षीय चुडामणी भण्डारीको मृत्यु भएको हो ।
तुलसीपुरबाट बिजौरी जाँदै गर्दा सडक निर्माणका क्रममा खनेको खाडलमा परी उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार शव राप्ती प्रादेशिक अस्पतालमा पुर्याइएको छ । सडक समयमा नबन्दा दुर्घटनाको जोखिम बढेको छ ।
Read full story at source (farakdhar.com)