मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
ratopati.com · Sun Jul 05 03:34:35 GMT 2026

चितवन। बिहानको ठिक साढे ४ बजे सहर मस्त निद्रामै हुन्छ। तर, गैँडाकोटको फेदीमा रहेका १८८२ वटा ढुङ्गे खुड्किलाहरूमा भने पदयात्रीहरूको पदचाप गुन्जिन सुरु भइसकेको हुन्छ। कुनै समय केवल धार्मिक अनुष्ठान र पूजाआजामा सीमित मौलाकालिकाको यो उकालो, विशेषतः सार्वजनिक बिदाका दिन निकै गुलजार बन्छ। सहरको कोलाहल र व्यस्त दिनचर्याबाट मानसिक स्फूर्ति चाहनेहरूका लागि यो पहाडी थुम्को ‘सर्ट हाइकिङ’ को रूपमा विकसित भइरहेको छ।
सहरको आधुनिक जीवनशैलीका कारण निम्तने शारीरिक शिथिलता र मानसिक तनाव व्यवस्थापनका लागि धेरैले मौलाकालिकाको यो उकालो चढ्न रुचाउँछन्। भरतपुर र गैँडाकोटको मुख्य सहरदेखि नजिकै रहेको मौलाकालिका आफैँमा धेरैका लागि ‘शनिबारे हाइकिङ स्पट’ बनिरहेको छ।
Read full story at source (ratopati.com)