पातपतिंगरबाट प्रांगारिक मल
clickmandu.com · Sun Jul 05 03:36:51 GMT 2026

गोरखा । जिल्लाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको पातपतिंगरबाट प्रांगारिक मल बनाउन सुरू गरेको छ । सहिदलखन गाउँपालिका–१ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पातपतिंगरबाट प्रांगारिक मल बनाउन सुरुआत गरेको हो ।
गोरखा नगरपालिका–८ को लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेनथापा गाउँपालिका वडा नं ५ को कलुवागैरा आँपगैरा कुटमिरे सामुदायिक वन उपभोक्ता समूह उक्त कार्यमा जुटेको हो । डिभिजन वन कार्यालय गोरखाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरूले पातपतिंगरबाट प्रांगारिक मल बनाउन सुरु गरेका हुन् ।
Read full story at source (clickmandu.com)