अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
baahrakhari.com · Sun Jun 01 18:02:30 GMT 2025

सोलुखुम्बु । चालु आर्थिक वर्षमा सोलुखुम्बुका ७० भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन् । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, ती उजुरीमध्ये केही संघ र प्रदेश सरकारका निकायविरुद्ध भए पनि अधिकांश स्थानीय तहसँग सम्बन्धित छन् ।
खासगरी विकास निर्माण र योजना कार्यान्वयनमा हुने अनियमितता, पारदर्शिताको अभाव लगायतका विषयमा उजुरी परेका छन् । यहाँका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी नेचासल्यान गाउँपालिकाको छ । नेचासल्यानको मात्रै १२ वटा उजुरी दर्ता भएका छन् । त्यसपछि माप्यदुधकोसी र लिखुपिकेको पाँच–पाँच उजुरी छन् भने थुलुङ दुधकोसी गाउँपालिकाको चार उजुरी छन् ।
Read full story at source (baahrakhari.com)