कसरी बन्छ पातपतिंगरबाट प्रांगरिक मल?
himalpress.com · Sun Jul 05 04:10:41 GMT 2026

गोरखा- चारवटा सामुदायिक वन समूहले वनजंगलमा कुहिएर खेर गइरहेको पातपतिंगरबाट प्रांगरिक मल बनाउन सुरु गरेका छन् । शहीद लखन गाउँपालिका–१ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पातपतिंगरबाट प्रांगरिक मल बनाउन सुरुआत गरेको हो।
गोरखा नगरपालिका–८ को लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेनथापा गाउँपालिका वडा नं ५ को कलुवागैरा आँपगैरा कुटमिरे सामुदायिक वन उपभोक्ता समूह यस्तो कार्यमा जुटेको हो। डिभिजन वन कार्यालय गोरखाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरूले पातपतिंगरबाट प्रांगरिक मल बनाउन सुरु गरेका हुन् ।
Read full story at source (himalpress.com)