शिक्षा मन्त्रालयमा १०० दिनका ४२ काम, के–के हुन् ?
onlinekhabar.com · Sun Jul 05 04:45:02 GMT 2026

२१ असार, काठमाडौं । शिक्षा, तथा खेलकुद मन्त्री सस्मित पोखरेलले १०० दिनमा गरेका ४२ काम सार्वजनिक गरेका छन् । मिति २०८२ चैत १३ गतेदेखि २०८३ असार १९ गतेसम्म मन्त्रालयले गरेको काम र्सावनिक गरेका हुन् । एसईईको नतिजा एक महिनाभित्र, कक्षा १२ को ४० दिनभित्र र विश्वविद्यालयमा ६५ दिनभित्र नतिजा प्रकाशन गर्न सुरु गरिएको उल्लेख गरिएको छ ।
बिदाको दिनमा समेत वैदेशिक अध्ययन अनुमति–पत्र र शैक्षिक प्रमाणीकरणको सेवा थालनी गरिएकोको प्रगति विवरणमा भनिएको छ । जेन्जी आन्दोलनबाट प्रभावित परिवार र नागरिकहरूलाई सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीका अवसर, सीप, विकास, मनोसामाजिक परामर्श तथा पुनर्स्थापना सुरु गरिएको छ ।
Read full story at source (onlinekhabar.com)