मौद्रिक नीतिमा एफएनसीसीआईको सुझाब, परिणाम कागज होइन, बजारमा देखिनुपर्छ
arthasansar.com

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई केवल ब्याजदर घटाउने औजारका रूपमा नभई थन्किएको पूँजीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने ‘विश्वास पुनःस्थापना नीति’ बनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ।
महासंघले राष्ट्र बैंकलाई बुझाएको सुझावपत्रमा नेपालको बाह्य सूचक बलियो देखिए पनि आन्तरिक अर्थतन्त्र अझै लयमा फर्किन नसकेको निष्कर्ष प्रस्तुत गरिएको छ। विदेशी मुद्रा सञ्चिति ३८.३ प्रतिशतले बढेर २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्थामा छ। चालु खाता ७२९ अर्ब रुपैयाँले बचतमा र शोधनान्तर स्थिति ८६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहे पनि बजारमा लगानीको माग कमजोर छ।
Read full story at source (arthasansar.com)