एनभीएलमा सगरमाथा स्म्यासर्सको लगातार दोस्रो जित
ratopati.com · Sat Sep 05 19:07:34 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल)मा सगरमाथा स्म्यासर्सले लगातार दुई खेल जितेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा हरायो । सगरमाथा २५–१८, २५–१८ र २५–१९ ले विजयी भयो ।
शनिबार नै भएको पहिलो खेलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराएको थियो ।
Read full story at source (ratopati.com)