धनकुटाका १९ नेताले छाडे कांग्रेस, पार्टीमा काम गर्ने वातावरण नभएको भनाइ
nepalpress.com · Sun Jul 05 05:55:51 GMT 2026

विराटनगर । धनकुटामा कांग्रेसका १९ जना नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । पार्टी छाड्नेमा महाधिवेशन प्रतिनिधि तथा संविधानसभा सदस्य अञ्जना ताम्लीसहित धनकुटाका १९ जना छन् ।
सभापति गगन थापालाई पत्र लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी छाड्नेहरूमा कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई छन् ।
Read full story at source (nepalpress.com)