डलरको मूल्य हालसम्मकै उच्च महँगो मूल्यमा स्थिर
himalpress.com · Thu May 21 00:47:14 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारको भाउ हिजो पनि बढेको थियो। आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
विगत केही दिनदेखि अमेरिकी डलरको विनिमयदर निरन्तर बढ्दै आएको छ। हिजो पनि अमेरिकी डलरले हालसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको थियो। हिजो अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा थियो।
Read full story at source (himalpress.com)