बाँदरलाई जंगलमै रोक्न फलफूल लगाउँदै लालीगुराँस नगरपालिका
onlinekhabar.com · Sun Jul 05 06:17:57 GMT 2026

२१ असार, तेह्रथुम । पहाडी गाउँघरका किसानका लागि बाँदर आतङ्क पछिल्ला वर्षहरूमा ठूलो चुनौती बनेको छ । वर्षभरिको मिहिनेतले लगाएको मकै, कोदो, धान तथा अन्य बाली पाक्ने बेला बाँदरका हुलले नष्ट गरिदिँदा किसान निराश बन्न बाध्य छन्। यही समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यसहित तेह्रथुमको लालीगुराँस नगरपालिकाले नयाँ र सिर्जनात्मक अभियान सुरु गरेको छ-जंगलमै फलफूलका बिरुवा रोप्ने अभियान ।
नगरपालिकाले बाँदरको बढी समस्या रहेका तल्लो भेगका सामुदायिक वन क्षेत्रमा आँप, लिची र एभोकाडोका गरी पाँच हजार पाँच सय फलफूलका बिरुवा रोपण गरेको छ । किसानका खेतबारीमा हुने बाँदरको क्षति कम गर्ने, वन क्षेत्रलाई हराभरा बनाउने तथा स्थानीय आम्दानीका नयाँ स्रोत सिर्जना गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो ।
Read full story at source (onlinekhabar.com)