बढ्यो सुन–चाँदीको मूल्य
merolifestyle.com · Sun Nov 13 06:15:09 GMT 2022
आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा छ सय रुपैयाँ बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार तीन रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। उक्त दिनको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात
Leave a Reply Cancel reply
Your email address will not be published. Required fields are marked *
प्रतिकृया *
Save my name, email, and website in this browser for the next time I comment.
Read full story at source (merolifestyle.com)