त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
rajdhanidaily.com · Sun Jul 05 06:34:33 GMT 2026

काठमाडौं । थाइल्यान्डबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका एक भारतीय यात्रुको साथमा गाँजा फेला परेपछि प्रहरीले पक्राउ गरेको छ।
विमानस्थलस्थित नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयले आज (आइतबार) बिहान लगेज चेकजाँच गर्ने क्रममा चक्लेटको प्याकेटभित्र थाइल्यान्डको गाँजा २ केजी ८०० ग्राम भेटिएपछि भारतको कोलकत्ता पश्चिम बंगाल ठेगाना भएका ५७ वर्षीय हरि क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (rajdhanidaily.com)