फलामको पाइपले हानेर बुबाको हत्या
annapurnapost.com · Sun Jul 05 06:34:38 GMT 2026

धादिङ : धादिङको गंगाजमुना गाउँपालिका–४ यार्सा टोलमा छोराले फलामको पाइपले प्रहार गर्दा बुबाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार स्थानीय ६० वर्षीय धननारायण सुनारलाई उनका माइला छोरा ३५ वर्षीय सुजन सुनारले शनिबार अपराह्न करिब ४ः०० बजे घरायसी विवादका क्रममा फलामको पाइपले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी र स्थानीयवासी घटनास्थल पुगेका थिए । गम्भीर घाइते सुनारलाई उपचारका लागि फुलखर्क स्वास्थ्य चौकी लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । घटनापछि आरोपित सुजन सुनारलाई प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनामा प्रयोग भएको फलामको पाइप प्रहरीले बरामद गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read full story at source (annapurnapost.com)