रघुगङ्गामा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार
gorkhapatraonline.com · Thu May 21 01:41:03 GMT 2026

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरेको छ । चालु शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म पठनपाठन हुने गरी गाउँपालिकाले ‘हाम्रो रघुगङ्गा’ नामक स्थानीय पाठ्यपुस्तक तयार गरेको हो ।
गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माणका लागि जनता मावि दग्नामका प्रधानाध्यापक गुन पुनको नेतृत्वमा शिक्षकहरूको कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले पुस्तक तयार गरी प्रकाशन गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)