‘जिर्मा’ कविता संग्रहमाथि परिचर्चा
himalpress.com · Sun Jul 05 06:54:21 GMT 2026

काठमाडौँ- नागार्जुन वाङ्मय प्रतिष्ठानको आयोजनामा कवि तारादेवी सुनुवारको नवीनतम कविता संग्रह ‘जिर्मा’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। राजधानीमा आयोजित उक्त कार्यक्रममा साहित्यकार, विश्लेषक तथा प्रबुद्ध व्यक्तित्वहरूले कृतिको वैचारिक र साहित्यिक पक्षमाथि गहन विमर्श गरेका थिए।
कार्यक्रममा प्रमुख टिप्पणीकारका रूपमा बोल्दै राजनीतिक विश्लेषक तथा साहित्यकार आहुतिले ‘जिर्मा’ कविता संग्रहलाई पहिचानको मुद्दासँग जोडेर विश्लेषण गरे। उनले भने, ‘पहिचान भनेको भाषा, संस्कृति र सभ्यताको समष्टि रूप हो। जबसम्म हामीले आफ्नो भाषा, संस्कृति र सभ्यता बचाउन सक्दैनौँ, तबसम्म हाम्रो पहिचान रहन सक्दैन।”
Read full story at source (himalpress.com)