मिडियामा संरचनागत सुधारको खाँचो छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
barnanmedia.com · Sun Jul 05 06:46:55 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली मिडियाको संरचनागत सुधारका लागि सरकार तयार रहेको भन्दै नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायका नेतृत्वलाई स्पष्ट योजनासाथ छलफलमा आउन आव्हान गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको उदघाटनसत्रमा आइतबार सम्बोधन गर्नुहुँदै उहाँले सो आव्हान गर्नुभएको हो । नेपाली सञ्चार माध्यमलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकारले जस्तोसुकै सहयोग गर्ने तर पत्रकार पनि आफ्नो जिम्मेवारी बोधगरी समाचार लेख्नुपर्ने उहाँले आग्रह गर्नुभयो ।
Read full story at source (barnanmedia.com)