अघि बढ्यो जगदुल्ला जलविद्युत आयोजना, लागत २३ अर्ब
shilapatra.com · Sun Jul 05 07:05:00 GMT 2026

डोल्पामा २३ अर्ब लागतमा बन्न लागेको जगदुल्ला जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरेको छ । मुडकेचुला गाउँपालिका– ४ इलमा आयोजनाको मख्य सुरुङमार्ग (टनेल) निर्माणको काम सुरु भएको हो ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रस्तावित यो आयोजना अर्धजलाशयमा आधारित छ भने यसको जडित क्षमता १०६ मेगावाट छ । कर्णालीको ऊर्जा उत्पादनमा ‘गेमचेन्जर’ मानिएको आयोजनाको टनेल निर्माण सुरु भएसँगै लामो समयदेखि बन्छ वा बन्दैन भन्ने अन्यौलता हटेको छ ।
Read full story at source (shilapatra.com)